“तेस्रो पाख्रीबास कप”, आज सम्पन्न दोस्रो खेलमा धनकुटा एफसी विजयी
धनकुटा । धनकुटाको पाख्रिबासमा आजबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा “तेस्रो पाख्रीबास कप फुटबल” सुरु भएको छ ।
आज भएको दोस्रो खेलमा समूह”ख” तर्फका मरिक फुटबल क्लव धरान र धनकुटा फुटबल क्लवका बीच सम्पन्न खेलमा ०-१ गोल अन्तरले धनकुटा एफसी विजयी भएको छ ।
सम्पन्न खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन भने दोस्रो हाफको अन्तिम समयमा धनकुटा एफसीले गोल गरेको थियो ।
आजै भएको पहिलो खेलमा समूह “क” अन्तर्गत आयोजक टीम युथ युनाइटेडले मछिन्द्र एचडी तेह्रथुमलाई ०-३ गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन भोलि समूह “क” अन्तर्गतका एपिएफ पकाली र विराटनगर सिटी फुटबल क्लव तथा समूह “ख” अन्तर्गतका मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच हुनेछ ।
प्रतियोगितामा आयोजक टीम युथ युनाइटेड,मछिन्द्र एचडी तेह्रथुम,एपिएफ पकाली,विराटनगर सिटी फुटबल क्लव,मरिक फुटबल क्लव धरान,धनकुटा फुटबल क्लव,मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरी गरि जम्मा ८ टीमको सहभागिता रहेको छ ।


