धनकुटामा एकै परिवारका तीन जना मृत फेला,६ बर्षकी छोरी भने सकुशल
विकास घिमिरे /धनकुटा ७ मंसिर । धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
धनकुटा नगरपालिका १ को निगालेका ३५ बषिर्य टीका गुरुङ्ग, उनकि श्रीमती ३६ बषिर्या भीमा र ११ बषिर्य छोरा आयुष घरभीत्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
टीका घरभित्रै झूण्डिएको, श्रीमती र छोरा सुतिरहेकै अबस्थामा मृत फेला परेको धनकुटाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताए । घरायसी वादविवादका कारण टिकाले श्रीमती र छोराको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई भने टीका गुरुङ्गले छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


