हिले–कुवापानीका स्थानियले दिए सडक डिभिजन कार्यालय धनकुटामा धर्ना

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिले–कुवापानीका स्थानियले आज सडक डिभिजन कार्यालय धनकुटामा धर्ना दिएका छन् ।

वि सं २०७७ शशिधर निर्माण सेवाले ६४ लाख ९६ हजारमा ५ सय ४५ मिटर पक्की सडक निर्माण गर्ने ठेक्का लिएकोमा अझै काम सम्पन्न नगरेको भन्दै सामाजिक अभियान्ता तथा नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय उपाध्यक्ष लाक्पा तामाङको अगुवाईमा स्थानियले कार्यलयमा धर्ना दिएका हुन् ।

सडक डिभिजन कार्यलयमा १ घण्ट धर्ना दिएपछि आफुहरुले धनकुटा नगरपालिकामा गई सडकको बाँकी काम छिटो पूरा गर्न पहल गरिदन आग्रह गर्दै नगर प्रमुख चिन्तन तामाङ समक्ष निवेदन समेत दिएको नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय उपाध्यक्ष तामाङले बताउनुभयाे ।

यसैवीच उहाँले धनकुटा नगरपालिकामा हाल कार्यरत अस्थायी कर्मचारी संख्या,स्विकृत दरबन्दी, उनिहरुले पाउँदै आएको मासिक तलवभत्ताको विवरण माग गर्दै निवेदन समेत दिनुभएकाे छ ।

निवेदनमा भनिएको छ “नेपालको संविधान २०७२ को सूचनाको हक अन्र्तगत भाग ३ धारा २७ बमोजिम यस धनकुटा नगरपालिकामा हाल कार्यरत अस्थायी कर्मचारीहरुको स्विकृत दरबन्दी, कार्यरत अस्थायी कर्मचारी लगायत उनिहरुको मासिक तलवभत्ता समेत सम्पूर्ण विवरण उपलब्ध गराई जनताको लोकतान्त्रिक अधिकार सूनिश्चित गराईदिनुहुन यसै निवेदन सहित विनम्र अनुरोध गर्दछु ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।