तेस्रो पाख्रीबास कप २०८० को उपाधिका लागि आज आयोजक युथ युनाइटेड र धनकुटा एफसी भिड्ने
धनकुटा । धनकुटाको पाख्रिबासमा गत मंसिर ६ गतेबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ संचालन भइरहेको “तेस्रो पाख्रीबास कप फुटबल” मा उपाधिका लागि आज आयोजक युथ युनाइटेड र धनकुटा एफसी भिड्ने भएका छन् ।
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा धनकुटा फुटबल क्लवले प्रकाशपुर फुटबल क्लब सुनसरीलाई ०-१ गोल अन्तरले हराउंदै फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा आयोजक टीम युथ युनाइटेड एपीएफ पकालीलाई ०-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् ।
विजयी प्रथम टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छ । प्रतियोगिताको वेष्ट प्लेयर,वेष्ट कोच,वेष्ट किपर,हाई स्कोर खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिका र एशियन थाईफुड्स प्रा.लि को प्रायोजनमा भइरहेको हो ।
प्रतियोगितामा आयोजक टीम युथ युनाइटेड,मछिन्द्र एचडी तेह्रथुम,एपिएफ पकाली,विराटनगर सिटी फुटबल क्लव,मरिक फुटबल क्लव धरान,धनकुटा फुटबल क्लव,मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरी गरि जम्मा ८ टीमले सहभागिता जनाएका थिए ।


