‘तेस्रो पाख्रीबास कप २०८०’ फाइनल : पहिलो हाफ गोल रहित बराबरीमा

धनकुटा । धनकुटाको पाख्रिबासमा गत मंसिर ६ गतेबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ संचालन भइरहेको “तेस्रो पाख्रीबास कप फुटबल” मा आज उपाधिका लागि अन्तिम खेल भइरहेको छ ।

उपाधिका लागि आयोजक टीम युथ युनाइटेड र धनकुटा फुटबल क्लवका बीच प्रतिष्पर्धा भइरहेको छ ।

निर्धारित पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन ।

विजयी प्रथम टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छ । प्रतियोगिताको वेष्ट प्लेयर,वेष्ट कोच,वेष्ट किपर,हाई स्कोर खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिका र एशियन थाईफुड्स प्रा.लि को प्रायोजनमा भइरहेको हो ।

प्रतियोगितामा आयोजक टीम युथ युनाइटेड,मछिन्द्र एचडी तेह्रथुम,एपिएफ पकाली,विराटनगर सिटी फुटबल क्लव,मरिक फुटबल क्लव धरान,धनकुटा फुटबल क्लव,मुनलैण्ड फुटबल क्लब झापा,प्रकाशपुर फुटबल क्लब सुनसरी गरि जम्मा ८ टीमले सहभागिता जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।