‘तेस्रो पाख्रीबास कप २०८०’ को उपाधि आयोजक युथ युनाइटेडलाई
धनकुटा । धनकुटाको पाख्रिबासमा गत मंसिर ६ गतेबाट “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ संचालन भइरहेको “तेस्रो पाख्रीबास कप फुटबल” आज सम्पन्न भएको छ ।
पेनाल्टी सुटआउटमा धनकुटा फुटबल क्लवलाई ६-५ गोल अन्तरले हराउंदै आयोजक युथ युनाइटेडले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा दुबै टीमबाट कुमै गोल हुन सकेको थिएन भने दोस्रो हाफको निर्धारित समय अवधिमा १-१ गोल गर्दै बराबरी खेलेका थिए ।
बराबरीमा खेलको समय सकिएपछि पेनाल्टी सुटआउटको आधारमा खेल अगाडि बढाइएको थियो । आयोजक टीमले लगातर ६ गोल गर्दा युथ युनाइटेडका गोल किपरले धनकुटा एफसीको छैठौं पेनाल्टी प्रहारलाई रोक्न सफल भएपछि उपाधि हात पारेको हो ।


