गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ, १६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय तथा प्रदेश सरकारले गर्ने बताउनुभयो । सङ्घीयताले जनताको घर नजिक सरकार पु¥याएको भन्दै उहाँले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्नेमा जोड दिनुभयो । राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधारलगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गर्नुभएको थियो । गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।