धनकुटामा ब्याडमिन्टन प्रतियोगिता

धनकुटा । नेपाल खेलकुद महासंघको १५ औ स्थापनाको अबसरमा धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल खेलकुद महासंघ धनकुटाले आयोजना तथा हिले ब्याडमिन्टन क्लबको सहयोगमा हिले स्थीत हिले ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता भेट्रान मेन्स डबलमा , मिक्स डबलमा गरि तिन इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा १८, मिक्स डबलमा २२ र भेट्रान्स तर्फ १२ गरि कुल ५२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा मेन्स डबलमा तथा मिक्स डबलका बिजेता टोलिले उपाधी सहित २५ हजार र दोस्रोले १० हजार तथा भेट्रान तर्फ प्रथम हुनेले २० हजार र दोस्रोले १० हजार हात पार्ने नेपाल खेलकुद महासंघ धनकुटाका अध्यक्ष कृष्ण मल्लले जानकारी दिनुभयो ।

प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन सुक्रबार नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शराम बस्नेतले गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।