प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरी र पाँचथर सेमिफाइनलमा

फुङ्लिङ, ८ पुस : ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको आजदेखि सेमिफाइनल खेल हुने भएको छ । सुनसरीको सगरमाथा युथ क्लब र पाँचथर फुटबल क्लबसँग प्रतिस्प्रर्धा गर्ने भएको हो ।

शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बिटी फुटबल क्लब तेह्रथुमलाई ४—० को अन्तरले पराजित गर्दै सुनसरीको सगरमाथा युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो । सुनसरीको जितमा पहिलो हाफको २४औँ मिनेटमा विशाल भण्डारीले गोल गर्दै सुरुवाती अग्रता दिलाउनु भएको थियो । पहिलो हाफमा एक गोल गरेको सुनसरीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरुभएको चारौँ मिनेट र २३औँ मिनेटमा भुवन बस्नेतले गोल गर्नुभयो र वीरेन्द्र लिम्बूले ३१औँ मिनेटमा अन्तिम गोल गर्दै सुनसरीले फराकिलो जित दर्ता गरेको हो ।

फाइनल प्रवेशका लागि आइताबार पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो । शनिबारको खेलमा सुनसरीका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित हँुदै रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । खेल पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता थियो । प्रथम हुनेलाई ट्रफी, पदक, प्रमाण पत्रसहित रु तीन लाख दुई हजार ८० प्राप्त गर्दा उपविजेता हुनेले रु एक लाख ५१ हजार ८० प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्खिमले जानकारी दिनुभयो । प्रतियोगिता चासोक तङ्नामको अवसरमा सञ्चालन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।