बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालतको आदेश

काठमाडौं,५ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो ।

वीपी प्रतिष्ठानमा देखिएको समस्या र शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै साम्पाङले प्रतिष्ठानमा गएर ताला लगाएका थिए ।

‘बन्द हड्ताल जस्ता कारणले स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरु बञ्चित हुन गईरहेको अवस्थामा सार्वजनिक हितको एवं नागरिकहरुको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालवन्दीले नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संघ, संगठनहरुबाट अन्द, हडताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नामदेवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा अदालत नियमावली २०७३ को ४२ बमोजिम प्रारिम आदेश जारी गरीएको आदेशको जानकारी विपक्षीहरुलाई दिई कानून बमोजिम गर्नु’ आदेशमा भनिएको छ ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न चेतावनी दिँदै उनले आवश्यक परेका बेला म आफैँ आएर खोल्ने उल्लेख गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖