खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार आचार्य सम्मानित

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले अग्रज साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ ।

शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन् ।

विगत पाँच दशकभन्दा लामो समयदेखि भाषा, साहित्य र समालोचनामा सक्रिय आचार्यका विभिन्न कृति प्रकाशित छन् । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा मुक्तककार रोमा लम्सालको ‘अन्तिम भेट’ मुक्तकसंग्रहमाथि विमर्शसमेत गरिएको थियो । संग्रहका बारेमा कवि तथा समालोचक हरिप्रसाद बरालले टिप्पणी गरे । संग्रह पढ्दा जीवन भोगाइका विभिन्न पक्षहरु प्राप्त गर्न सकिने बरालले बताए । कार्यक्रममा लम्सालले संग्रहभित्रका मुक्तक वाचन गरिन् । १२७ पृष्ठको संग्रहभित्र २०२ वटा मुक्तकहरु समावेश छन् । मञ्चको मासिक साहित्यिक शृंखलाअन्तर्गत सोही अवसरमा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना सुनाएका थिए ।

कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रमुख अतिथि विवश पोखरेल, अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।