आरोहण गुरुकुलमा युवाकविहरूको जमघट

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् ।

शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ–आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, सीमा आभास, शकुन्तला जोशी, मीनकुमार नवोदित, घिमिरे युवराज, दीपक शम्चु, धीरज राई, दीपा दाहाल, सविता भण्डारीलगायतले समसामयिक विषय केन्द्रित भएर लेखेका कविता सुनाए ।

काठमाडौंमा सञ्चार क्षेत्रमा सक्रिय कवि जोशी विराटनगर आएको सन्दर्भमा भेटघाटसँगै कविता वाचन राखिएको पत्रकारसमेत रहेका नवोदितले जानकारी दिए । जोशी पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रदान गर्ने सुदिस निरौला स्मृति साहित्य पुरस्कारबाट शनिबार नै सम्मानित भएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।