मकैमा लाग्ने फौजी किरा( Fall Armyworm) र त्यसको व्यवस्थापन विधि
राजेश्वर महतो ।
परिचय :
मकैमा लाग्ने फौजी किरा ( Spodoptera frugiperda ) एक अत्यन्तै आक्रमिक स्वभावको किरा हो । यो किराले मकैको साथसाथै अन्नवाली र तरकारी वाली समेत हानि पुरयाउछ। यस किराको लार्भा मकैको पात र डाठमा भीषण आक्रमण गरि मकैको उत्पादनमा ६०-९०% सम्म ह्रास ल्याउन सक्छ ( शिवशंकर भट्राई, २०७८ ) ।
किराको पहिचान :
• यो किराको जिवनचक्र चार ओटा चरणमा पूरा हुन्छ , अण्डा , लार्भा , प्युपा र व्यस्क तर हानि पुरयाउने चरण लार्भा हो ।
• सुरुवाती चरणको लार्भा कालो र टाउको सेतो हरियो रङको हुन्छ जुन विकसित हुँदै जादा खैरोमा परिवर्तन हुन्छ।
• व्यस्क लार्भाको निधारमा दुई ओटा आखाको विच भागमा अङ्ग्रेजी अक्षर “Y” को उल्टो जस्तो चिन्ह र पेटको आठौं खण्ड्को माथितिर ४ वटा काला थोप्लाहरु देखन सकिन्छ ।
• व्यस्क पोथिले एक पटकमा करिब १५०-२०० अण्डा पातको माथिल्लो भागमा दिई छोप्छिन।
क्षतिको लक्षण :
• अण्डावाट भर्खर निस्किएका स-साना लार्भाले पातको बाहिरी सतहमा बसि कोत्रेर खाइ पातमा सिसाको झ्याल जस्तै आकृति बनाउछ र त्यस्पछी मकैको कलिलो गुभो भित्र प्वाल पारी पस्छ।
• आक्रमण बढ्दै जादा पातमा लहरे स-साना प्वाल बनाइ पातलाइ छियाबिया बनाइ दिन्छ।
• बिरुवाको वृद्धि विकास रुक्छ ।
• समयमै व्यवस्थापन नभए धान चमरा र जुँगा समेत नोक्सानी गर्छ।
व्यवस्थापन विधि :
• खेतिबारीलाइ गहिरो गरेर जोताइ गर्नाले यी किराहरुको अण्डा र लार्भा सुर्यको तापले गर्दा मर्छन।
• घरको बीउ प्रयोग गर्दा मकै रोप्नु अघि इमिडाक्लोप्रीड ४८ एस.एफ बिषादी प्रती किलो बिउमा ४ मि.लि लिटर दरले बीउ उपचार गरेर रोप्दा सुरुको 3 हप्ता सम्मको बिरुवालाइ झती हुन वाट बचाउन सकिन्छ ।
• अर्को खेतमा जाने वाटो अवरोध हुने गरि खाडल खनी खाडलमा पानी र बिषादी राखने ।
• डेस्मोडियम घाँस एक किसिम को गन्ध आउने घाँस हो जुन यो किरालाइ मन नपर्ने भएकोले विकषर्क वालिको रुपमा मकैको बिचमा लगाउने र छेउछाउमा नेपियर घाँस लगाउने ।
• पातमा सेतो लाम्चा झिल्ली सहित प्वाल देखा परेमा निमजन्य बिषादी एजाडिराक्टिन १५०० ( Azadirachtin 1500 ) ५ मिलि लिटर प्रती लिटर पानीमा मिसाएर छर्ने ।
• 10 किलो चामलको भुरा ( ब्रान ), २ किलो सक्खर (मिठा) २-३ लिटर पानीमा मिसाएर २४ घण्टा सम्म छोपेर राखने । अर्को दिन प्रयोग गर्नुभन्दा आधा घण्टा पहिले १०० ग्राम थायोडिकार्ब ( bait ) थपेर बिरुवाको घुमाउरो भागमा राखने ।
• स्पाइनेटोराम( spinetoram) ११.७ एस.सि १ मि.लि प्रती २ लिटर पानीको दरले वा इमामेक्टिन बेन्जोयट ( emamectin benzoate) ५ % एस.जि १ ग्राम प्रती 2 लिटर पानीको दरले मिसाएर छर्ने ।
सन्दर्भ सामाग्री :
• आर.के मुराली बसकरन, जे श्रीधर , कौशल पन्कज, २०१९ , मकैमा एकीकृत फौजी किरा व्यवस्थापन , आइ.सि.ए.आर , रायपुर।
• कृषि तथा पशुपन्छी डायरी ,२०८०, हरिहर भवन , ललितपुर।
• आचार्य बषिस्ठ , भट्राइ शिवशंकर , २०७८, वाली संरक्षण , हेरिटेज पुब्लिसर , काठमाडौ ।
(लेखक पंजाव टेक्निकल यूनिभर्सिटीमा कृषि स्नातकमा अन्तिम बर्षका बिद्यार्थी हुन् ।-सम्पादक)



