संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री

काठमाडौँ, ११ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताउनुभयो ।

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको जनाउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अङ्ग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनुपर्ने औँल्याउनुभयो । उहाँले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।