कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टा पुरस्कृत

विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको हो ।

प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको थियो । उहाँहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने र प्रतिष्ठानकी संरक्षक शोभा लामा बलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा महानगरपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले कवि कृष्णभूषण बलले आफ्ना सिर्जनामार्फत लोकतन्त्र र विकेन्द्रिकरणका पक्षमा आवाज उठाएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर टंक न्यौपाने, उपाध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, वरिष्ठ कवि जसराज किरातीलगायतले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा विभिन्न कविहरुले कृष्णभूषण बलका कविता वाचन गर्नुभएको थियो । भोलि बास्ने बिहान कवितासंग्रहका लेखक बलका विभिन्न कविता विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।