‘बहुरुपी औरत’ भन्दै समीक्षा अधिकारीले कसलाई गरिन् कटाक्ष ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् ।

बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’

फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको कटाक्ष कसतर्फ लक्षित हो भन्ने बुझ्न कठिन छैन । उनले पूजाको नाम नलिएरै उनीमाथि तीव्र व्यंग्य गरेकी हुन् ।

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।

समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘रावायण’मा सहकार्य गर्दैछन् । यसबाहेक रेखा थापाको आगामी रिलिज ‘उपहार’मा पूजा नायिका हुन् भने समीक्षा पार्श्व गायिका ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।