टी-२० आई वरियतामा कप्तान रोहित र दीपेन्द्रको छलाङ

काठमाडौं । नयाँ टी-२० आई वरियतामा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित र दीपेन्द्रले छलाङ मारेका हुन् ।

टी-२० आई वरियतामा रोहितले ब्याटिङतर्फ ३६ स्थान सुधार गरेका छन् । यसअघि ९०औं स्थानमा रहेका रोहितले अहिले ५४ औं स्थानमा आइपुगेका छन् । अलराउन्डरतर्फ रोहित ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् ।

दीपेन्द्रले पनि ब्याटिङतर्फ ३१ स्थान सुधार गरेका छन् । उनी अहिले ७०औं स्थानमा छन् । अलराउन्डरतर्फ दीपेन्द्रले ४८ स्थान सुधार गर्दै २७औं स्थानमा आइपुगेका छन् ।

अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा रहँदा गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५औं स्थानमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।