कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ ।

समुह वि को अंक तालिकामा पुलिसले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ शिर्ष स्थानमा छ भने सुदूरपश्चिमले ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथा दोस्रो स्थानमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीकालागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरि ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन र आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले २ विकेट लिँदा अविशेक कार्कीले पनि २ विकेट लिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरि ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए । लुम्बिनीका देव खनालले १ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले अर्को विभागिय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । हार पछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले खेलेका ४ वटै खेल जितेर ८ अंकका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमा २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरि ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृतराज दासले २ विकेट लिए ।

जवाफमा १ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरि अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिए ।

विहिबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र वागमती विच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।