सुन तस्करी प्रकरण: पूर्व सभामुख महरा सहित को-को माथि भयो कारबाही सिफारिस ?

काठमाडौं,२ चैत । हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र त्यसपपछि विभिन्न समयमा अवैधरुपमा नेपाल भित्रिएको सुनकाको छानबिन गर्न गठित आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीको प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।

त्यस्तै छानबिन आयोगले सीआईबीकी प्रमुख एआईजी किरण बज्रचार्यमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ । उनले सीआईबीको नेतृत्वमा रहँदा सुन तस्करी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहर रहेको छ ।

सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त जीवन चलाउनेलाई भगाएको आरोपमा उनीहरूलाई विभागीय कारबाही सिफासिस भएको हो । ब्युरोमा उपस्थित गराएर छोडेका कारण उनीहरूमाथि यस्तो सिफारिस भएको हो ।

त्यस्तै छानबिन समितिले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ । गत वर्षको पुसमा विद्युतिय चुरोट (भेप) मार्फत ९ किलो भन्दा धेरै सुन तस्करी गरेर नेपाल भित्र्याएको प्रकरणमा महराको नाम मुछिएको थियो । महराका छोरा राहुल यस प्रकरणमा गत भदौदेखि थुनामा रहेका छन् ।

त्यस्तै छानबिन आयोगले पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारीक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीद्धय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।

छानबिन आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाहीको सिफारिस भएको छ ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । यसबारेमा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराईसकेका छन् । प्रधानमन्त्री दाहालले यो प्रकरणमा दोषी देखिएका कसैलाई पनि नछोड्न भन्दै गो–अ–हेड भनेका छन् । प्रधानमन्त्री दाहाललाई विहान जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने बेलामा गृहमन्त्री लामिछानेले प्रतिवेदनबारे छोटोमा ब्रिफ गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।