धनकुटामा स्ववियू कप विजेतालाई पुरस्कार वितरण

धनकुटा । स्ववियू धनकुटाले धनकुटा वहुमुखी क्याम्पस धनकुटामा स्ववियू कपका विजेताहरुलाई पुरस्कार वितरण तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कार्यक्रममा स्ववियू कप वितरण गर्दै नेपाली कांग्रेसका यूवा नेता तथा प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले विद्यार्थीहरु राष्ट निर्माणको लागि शक्ति भएको वताउनु भयो । धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होम वहादुर वस्नेतले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन सवैको सहयोग आवाश्यक रहेको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले सरकारले विद्यार्थीहरुलाई मुलुकमा नै रहने शिक्षा दिनु पर्ने वताउनु भयो । स्वतन्त्र विद्यार्थी यूनियन धनकुटा वहुमुखी क्याम्पस सचिव सुवास खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले धनकुटाका प्रतिनिधि प्रविन पोखरेल,माओवादी केन्द्रका प्रतिनिधि हेमचन्द्र किराती, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,औद्योगिक ग्राम संचालक समितिका अध्यक्ष तिलक महत,विद्यार्थी नेताहरु वसन्त राई,कान्तिराज पौडेल लगायतले विद्यार्थीहरु सिर्जना र राष्ट निर्माणका प्रतिक समेत भएको वताए । कार्यक्रमको संचालन स्ववियू धनकुटा वहुमुखी क्याम्पसका कोषाध्यक्ष युवा तिम्सिनाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति,विशेष अथिति र अथितिहरुले पुरुष तथा महिला भलिवल,फुटवल लगायत १८ प्रकारका विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी टिम तथा खेलाडीहरुलाई स्ववियू कप तथा नगद पुरस्कार मेडल र नृत्य प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नु भएको स्ववियू सचिव सुवास खनालले वताउनु भयो । नवआगन्तुक विद्यार्थीहरुलाई टिका अविर लगाई स्वागत गर्दै उच्च शिक्षा हासिल गर्न शुभ कामना दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।