विराट गोल्डकप सफल बनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको विशेष भूमिका हुने भएकाले प्रचारप्रसार गरेर सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

महेन्द्र गोल्डकप हुँदै विराट गोल्डकपसम्म आइपुग्दा धेरै नै आरोहअवरोह पार गरेको भन्दै मेयर कोइरालाले गोल्डकप असफल हुँदा विराटनगर नै असफल हुने तर्क गर्नुभयो । विराटनगरको नामसित जोडिएको प्रतियोगितालाई भव्य रुपमा सफल बनाउने दायित्व सबैको भएको उहाँको भनाइ थियो । “विराट गोल्डकप विराटनगरको गौरव पनि हो । यसलाई सफल बनाउने दायित्व हामी सबैको हो,” उहाँले भन्नुभयो ।

विराट गोल्डकप यही चैत १५ देखि २४ गतेसम्म शहीद रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिनुभयो । प्रतियोगिता डे नाइट हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएको छ । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।