दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सm क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

प्रतियोगिताको प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय रुपैयाँ पाउँनेछन् । फाइनलमा बेस्ट स्कोर र म्यान अफ श्रीरिज हुने खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्दा करिब पाँच लाख खर्च हुने अनुमान आयोजकको छ ।

आयोजकले खेल तालिका पनि सार्वजानिक गरेको छ । समूह ‘क’ मा ग्रामथान, उर्लाबारी, जनता, मिल्स भेट्रान्स ‘ए’ र गछिया भेट्रान्स फुटबल क्बल रहेको छ । समूह ‘ख’ मा हाम्रो इटहरी, साविक बिजेत दमक लखनपुर भेट्रान्स क्लब, मिल्स भेट्रान्स ‘बी’, मर्निङ र हाम्रो धरान भेट्रान्स फुटबल क्लब रहेको छ ।

प्रथम संस्करणको मिल्स भेट्रान्सको झापा दमकको लखनपुर भेट्रान्स फुटबल क्बलले उपाधि जित्दा विराटनगरको हाटखोला भेट्रान्स क्लब उपबिजेता भएको थियो ।

प्रतियोगितामा दुई जना खेलाडी अनिवार्य ५० वर्ष पुरा भएको हुनेपर्ने र अन्य ९ जना खेलाडीहरु ४० वर्ष पुगेको हुनुपर्ने नियम आयोजकको रहेको छ ।

मिल्स भेट्रान्स फुटबल क्बलले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल अध्ययरत बालवालिकाहरुलाई प्रशिक्षण दिदै आएको छ । ‘यो प्रतियोगिताबाट मुनाफा भएको रकम नयाँ खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासमा खर्चिनेछौं,’ अध्यक्ष थापाले भने । मिल्स भेट्रान्सले प्रत्येक वर्ष नियमित तालिका अनुसार गर्दै आएको प्रतियोगिता हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।