संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

काठमाडौँ । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।  

सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका छन् । 

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको बताए ।

यो हिउदे अधिवेसन गत माघ २२ गते देखि शुरु भएको थियो । ७० दिन चालु रहेको यो अधिवेसन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको थियो । यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको सभामुख घिमिरेले जानकारी दिएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।