सत्यमोहन जोशीको फोटो सगरमाथामा पुरयाएका महर्जन सम्मानित

काठमाडौ । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।

बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो । लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् । कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएका थिए । आरोही महर्जन पत्रकार एवं अभियन्ता पनि हुन् । 

ललितपुर नगरपालिकाको वखुंबहालस्थित शताब्दी पुरुषकै निजी निवास परिसरमा निर्मित लोकसाहित्य परिषदको कार्यालय भवनकै प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष राजीव श्रेष्ठले गरेका थिए । विशेष अतिथिमा शताब्दी पुरुषकै सुपुत्र अणुराज जोशी साथै नेवार समुदायका प्रतिष्ठित व्यक्तिहरू अतिथि गणमा समाहित भएका थिए ।

एक साता अगाडिबाट प्रारम्भ भएको जन्मजयन्ती समारोहमा शताब्दी पुरुष् जोशीको स्मृतिलाई ताजा गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । तीमध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम साहित्यिक विधामा थिए । जुन अन्तर्गत कविता, बाल कविता, बाल कथा, बाल चित्रकला, चित्रकला प्रदर्शन आदि रहेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।