सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो ।

उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।