खानेपानी मन्त्री राईको कति छ सम्पत्ति ?
काठमाडौं,८ जेठ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।
आज सार्वजनिक भएको विवरण अनुसार खानेपानी मन्त्री राजेन्द्र कुमार राईको व्यक्ति र वैंकमा गरेर ५५ लाख रुपैंया ऋण लिएका छन् ।
खानेपानीमन्त्री राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ ।


