नेपाल इको प्यानल बुद्धिचालमा आशिश फुँयाल प्रथम

भक्तपुर । नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा दोलखाका आशिश फुँयाल प्रथम हुन सफल भएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्धितीय र धिरेन राई काठमाडौं तृतीय हुन सफल भए ।

प्रतियोगितामा तीन नै जनाले समान अंक प्राप्त गरे पनि टाइ ब्रेकमा आशिश पहिलो हुन सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित विभिन्न विधामा सर्वाेत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा कुल ८० खेलाडीहरु सहभागी भएका थिए । उनीहरु विभिन्न २४ जिल्लाका रहेका थिए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइएको थियो ।  

प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक चेसका भेट्रान्स् गणेशमान दुवाल, प्रमुख निर्णाय ज्ञानेन्द्र खाइजूलगायतले प्रतियोगिताको विविध विषयमा चर्चा गरे । 

प्रतियोगितमा सहभागीमध्ये भक्तपुरबाट सहभागीहरुमा निकेन कुशाथा विजयी भए । उनले नौ राउण्डमा सात अंक प्राप्त गरेका थिए । प्रतियोगितामा भक्तपुरबाट मात्रै ३० जना प्रतिस्पर्धी रहेको कार्यक्रममा जनाइयो ।  

प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।   
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।