झापा महिला गोल्डकप: रश्मि नायक बन्दा एपिएफ को सहज जित

पथरी, ८ मंसिर । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकको मद्दतले एपिएफ फुटबल क्लबले झापाको दुधेमा सञ्चालित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको छ । सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबको सामना गर्नेछ ।

खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । एपिएफकी रश्मिकुमारी घिसिङले रेनुका नगरकोटीले गरेको प्रहारलाई कट ब्याक गर्दै पोस्टको दिशा दिइन् । ३० औँ मिनेटमा रश्मिले नै अग्रता दोब्बर बनाइन् । ४५ औँ मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै ह्याट्रिक पूरा गरिन् ।

५२ औँ मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल गरिन् । भुटानकी पुनम चेम्जोङले उनलाई डि–एरियामा फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । ५५ औँ मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोल अन्तर फराकिलो पारिन् । ५९ औँ मिनेटमा कुसुम खतिवडासँग तालमेल गर्दै बल अगाडि बढाएर सोमबारको खेलमा दोहोरो ह्याट्रिक गरिन् । ६२ औँ मिनेटमा अनिता केसीले गोल गरिन् । रश्मिको पासमा केसीले गोल गरेकी थिइन् ।

खेल अवधिभर एपिएफ मैदानमा हाबी भयो । भुटानले भने विपक्षी पोस्टमा कुनै खतरा पैदा गर्न सकेन । धरानमा भर्खरै सम्पन्न धरान महिला गोल्डकपको विजेता टोली एपिएफले उपाधिका लागि यस मैदानमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । एपिएफ गत संस्करणको उपविजेता पनि हो ।

खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । मंगलबार अन्तिम क्वार्टर फाइनल नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖