गौतम बुद्ध प्रतिभा पुरस्कार स्थापना गरियोस्

किशोर खनाल/नेपालका  विश्वविद्यालयको गुणस्तरलाई सुधार्न ढिलो भइसक्यो। गुणस्तर सुधारका केही उपायमध्ये एउटा हो सरकारले उच्च शिक्षामा आबद्ध प्राज्ञको मनोबल उच्च राख्ने कार्य गरिरहनु  तथा उनीहरूलाई प्रोत्साहित गरिरहनु पनि हो। पुरस्कार, मान , सम्मानले मानिस प्रोत्साहित हुन्छ। तसर्थ,  नेपाल सरकारलाई मेरो अनुरोध के छ भने निम्न विधामा वार्षिक रूपले प्रदान गरिने  गरी अमेरिकी डलर दुई लाख बराबरको (आयकर मिनाहा) नेपाली रुपैयाँको ‘गौतम बुद्ध प्रतिभा पुरस्कार’  प्रत्येक विधाको लागि स्थापन गरियोस्।

नेपाली मुलको नेपालमै बसेर कार्यरत् प्राज्ञ अथवा नेपाली मुलको विश्वको कुनै पनि कुनामा बसेर कार्यरत् प्राज्ञले उक्त पुरस्कार प्राप्त गर्न सक्ने गरी पुरस्कारको स्थापना गर्नुपर्छ  (एक वर्ष स्वदेश अर्को वर्ष विदेशमा कार्यरत् प्राज्ञलाई पालैपिलो पुरस्कार प्रदान गर्दा अझ राम्रो)।

तर, यो पुरस्कार प्राप्त गरिसकेपछि नेपालका विश्वविद्यालय अथवा अनुसन्धान केन्द्रमा आबद्ध भएर तीन वर्ष अनिवार्य कार्य गर्नुपर्ने छ र कम्तीमा दुई जना नेपाली विद्यार्थीलाई विद्यावारिधि तहको अनुसन्धान गराउनु पर्दछ।

यो पुरस्कार प्राप्त गरिसकेको प्राज्ञलाई नेसनल प्रोफेसरको दर्जा दिएर आजीवन मासिक एक हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ भत्तास्वरुप तथा आवास  गृहको लागि मासिक २५० अमेरिकी डलर   उपलब्ध गराउनु पर्दछ (आयकर मिनाहा)।

आजीवन मासिक एक हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ भत्तास्वरुप तथा आवास  गृहको लागि मासिक २५० अमेरिकी डलर  लिएको खण्डमा सेवा सुविधा लिएको अवधिभर नेपालको कुनै पनि विश्वविद्यालयमा प्राध्यापन तथा अनुसन्धान कार्यमा अनिवार्य संलग्न हुनु पर्दछ।

पुरस्कारको लागि मनोनयन र छनौट समिति निर्माण गर्दा  सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा (पूर्व ) उपकुलपतिहरूको संयुक्त समूहका साथसाथै विज्ञ समूहमा स्वदेश तथा विदेशका लब्ध प्रतिष्ठित विश्वविद्यालयका प्राज्ञको संलग्नता हुनु पर्दछ।

पुरस्कारको लागि प्रस्तावित विषयहरू :

१ साहित्य, कला , तथा संस्कृति

२ गणित , तथ्यांकशास्त्र तथा कम्पुटर विज्ञान

३ भौतिक शास्त्र

४ रसायन शास्त्र

५ जीव विज्ञान तथा चिकित्सा विज्ञान।

६  शान्ति

७ अर्थशास्त्र

८ कानुन तथा कूटनीति।

पुरस्कारको आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यसको सिधा उत्तर छ- हाम्रा सबै नेताहरू भन्दै हुनुहुन्छ भ्रष्टाचारीलाई हामी छोड्दैनौं। यदि उहाँहरूको भनाइ सही हो भने भ्रष्टाचारीको सम्पत्ति लिलाम गर्ने र  पुरस्कारको लागि अक्षय कोषको स्थापना गर्ने।

(खनाल काठमाडौं विश्वविद्यालयका प्राध्यापक हुन्।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।