सिमलताल घटना: ५८ जना अझै बेपत्ता

बसन्त भण्डारी, हेटौँडा | नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान घटेको पहिरो घटनामा परेका दुई बसका ५८ जना यात्रु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। घटनामा परेका कुल ६५ यात्रुमध्ये ३ जना पौडेर बाँच्न सफल भएका र ४ जनाको शव फेला परेको छ।

प्रशासनका अनुसार, दुवै बसमा चलानीमा उल्लेख गरिएको भन्दा १५ जना बढी यात्रु रहेको पाइएको छ। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा चलानीमा २७ जना उल्लेख भए पनि वास्तवमा ३८ जना यात्रु रहेको पाइएको छ। त्यसैगरी, बीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा चलानीमा २३ यात्रु देखिए पनि २७ जना यात्रु रहेको खुलेको छ।

फेला परेका ४ शवमध्ये ३ जनाको सनाखत भइसकेको र १ जनाको सनाखत हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

घटनाको तेस्रो दिन पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन्। उद्धारकर्मीहरूले बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलसम्म खोजी गरिरहेका छन्, तर अहिलेसम्म बसको अवस्था पत्ता लगाउन सकिएको छैन।

प्रशासनले बेपत्ता यात्रुहरूको खोजी कार्य तीव्र पारिएको र थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।