ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।

नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै निमित्त मुख्य सचिव रहेकी लिला देवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।