सुनुवाई समितिबाट निर्वाचन आयुक्तमा सिफारिस प्रधान सर्वसम्मतिले अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

नाम अनुमोदन नहुने निश्चित भएपछि आयुक्तमा सिफारिस प्रधानले आफैंले आज समितिमा नाम फिर्ता लिने भन्दै निवेदन दिएक थिए । उनले समितिलाई पत्र दिएर आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका थिए ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संबैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो । नाम फिर्ताको तयारीका कारण सोमबार बिहान ११ बजेका लागि तय भएको सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सारिएको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।