दिगो विकासका लागि निरपेक्ष गरिबीको अन्त्य गरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष प्राप्त गर्न निरपेक्ष गरिबीको रेखामुनी रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने बताएका छन्।
 
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनीबाट जनतालाई माथि उठाउन सकिएन भने दिगो विकास लक्ष पुरा हुन नसक्ने बताए। देशमा अहिले पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी उनले बताए।

वर्षको दुई प्रतिशतका दरले गरिबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरिबी निवारण गर्न नसकिने उनले बताए। त्यसैले नेपालमा गरिबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनको धारणा छ। 

भविष्यको सुरक्षाको लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले बताए। पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए। ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनु पर्दछ, कि हिमालबाट, कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ’, ओलीले भने। 

त्यस्तै खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले बताए। नेपाल जस्तो उर्वर देश बाँझो बन्नु निक्कै जोखिमपूर्ण रहेको बताउँदै उनले यस्ता कुरामा ध्यान दिनु पर्नेमा स्पष्ट पारे।
 
नेपालका कुनै पनि बालबालिका सडकमा हुनुहुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले एक वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे। त्यसको जिम्मा सरकारले लिने उनले बताए। 

युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको ओलीले बताए। यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई । यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको ओलीले जानकारी दिए। साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले धारणा राखे। 

केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले बताए। त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ। 

देशमा जनसङ्ख्या वृद्धिदर घट्नु अर्को जोखिमको सङ्केत भएको ओलीले बताए। ‘धेरै ढिलोमा पनि ५० वर्ष पछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ’, ओलीले भने। 

उमेर भएका युवा युवती विदेश बस्नाले पनि जनसङ्ख्या घट्दै गएको ओलीले बताए। उनले २०/३० वर्षबीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिए। भविष्य बनाउनको लागि बहकिएर होइन यथार्थमा आउन ओलीले आग्रह गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।