कोशी नामकरण बिरुद्द जसपा नेपालले बनायो संघर्ष समिति

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ । 

कोशी प्रदेश नामाकरणको विरुद्धमा भईरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । 
जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्व शान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो । 
आदिवासी जनजाति समुदायमा रुचाईएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पुर्याउन सक्ने क्षमता भएकोले चर्चित नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवले बताए । 

संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं. १ का अध्यक्ष  दिपक याख्या, विदेश इन्चार्ज डा. केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन् । 

यही साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो । यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहिबार समितिले पूर्णता पाएको छ । 

पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फूत ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो । 

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाकारण हुनुपर्ने आवाज उठाउँदै भएका हरेक आन्दोलनको समर्थनमा जसपा नेपाल उभिँदै आएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।