मोरङको पथरी शनिश्चरे नगर अस्पतालकै कर्मचारीको औषधी पसल अवैध

मोरङ । मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम) ले आफ्नो घरमै अवैध रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ । पथरी शनिश्चरे ७ स्थित बकैना डाँडामा रहेको उनको घरमा दुईवटा वेड राखेर अवैध व्यवसाय सञ्चालन गरेपछि अनुगमन टोलीले सिलबन्दी गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिनुभयाे ।

कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधी पसल हेर्ने गरेको पाइएको छ । जहाँ विरामीहरुको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएको छ । अनुगमनका क्रममा सो औषधी पसलमा म्याद गुज्रिएको औषधी पनि फेला परेको थियो ।

यसरी सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएको यो गम्भीर नियम उल्लङ्घनको प्रकरणले स्थानीय स्वास्थ्य सेवामा प्रश्न उब्जीएकोछ । यस्ता कार्बाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ । नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

लिम्बुकोसँगै अन्य तीन वटा अवैध औषधी पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले यस्ता पसलहरू सिलबन्दी गरेको हो ।

अनुगमनमा पथरी शनिश्चरे ९ को पुलचौकमा रहेको कुवेर भण्डारीको औषधी पसल, वडा नं. ६ को भातेगौँडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधी पसलहरू पनि सिल गरिएको अनुगमन टोलीका संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेले बताए ।

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत परियारले पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधिहरू बिक्री गरिरहेको पाइएकोले कार्बाही गरिएको बताए ।

नगर उपप्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।