नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

उनले नोना कोइराला प्रतिष्ठानले विगतदेखि नै जनताको स्वास्थ्यप्रति सचेत रहँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । ‘अहिले जनताले गाउँघरमै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगीका रुपमा पहिचान भएका बिरामीलाई तत्कालै अस्पताल जान पनि सहयोग पुग्छ । औषधि पनि प्रतिष्ठानले निःशुल्क वितरण गरेको छ ।’

शिविरमा मृगौला, मुटु, मधुमेहलगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै शिविरमा इको, इसीजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो । शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । अस्पतालमा गएर चेकजाँच गर्दा कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्ने चेकजाँच र उपचार प्रतिष्ठानले निःशुल्क गरेको उनको भनाइ छ ।

प्रतिष्ठानले हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष बूढीगंगाकै वडा नम्बर २, ४ र ६ नम्बरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस आर्थिक वर्षको पहिलो शिविरमा ५ सय १७ जनाले स्वास्थ्य सेवा लिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।