समाचार लेखेको विषयलाई लिएर पत्रकार यादवलाई धनगढीमाई नपाको मेयरको धम्की

सिरहा, ३ भदौ।  समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई धाकधम्की तथा गालीगलौज गरेको घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ।

 

समाचार लेखेकै विषयमा पत्रकारलाई नगर प्रमुखजस्तो व्यक्तिले आफै फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको हो। 

 

संचारकर्मी यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए। जुन विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए। 

 

समाचारमा वडा अध्यक्षहरुकै सक्रियतामा व्यक्ति परिचालन गरी अवैध रुपमा एक थान बोरिङ जडान गरेवापत ३० देखि ४० हजार रकम असुल गरेको उल्लेख गरिएको छ।

प्रकाशित समाचारको विषयलाइ लिएर नगर प्रमुख महतोले समाचार तुरुन्त डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेको थियोे। उनले फोनबाट तत्काल समाचार हटाउन दवाव दिदै यसको लागी मैले जे गर्नुपर्छ गर्छु भन्दै धम्क्याएका हुन् ।  

‘यसरी एक जना पत्रकारलाई समाचार लेखेकै कारण धाक धम्की दिएर मानसिक पीडा दिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो; महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीमा ‘समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदाहुँदै पत्रकारमाथि जाई लाग्ने घटना महासंघलाई किमार्थ स्वीकार्य छैन। नगर प्रमुख महतोको यो अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रता पूर्वक बाँचन र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित छ। त्सर्थ महासंघ सिरहा शाखाले नगर प्रमुख महतोको कार्यशैलिको तिव्र निन्दा गर्दै आफ्नो व्यवहार तत्काल सुधार गरी स्वतन्त्र रुपमा लेख्न र बोल्ने अधिकारको सुनिश्चितता गर्न अपिल गर्दछ,’ बिज्ञप्तीमा भनिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।