जसपा नेपाल धनकुटाका पूर्व जिल्ला अध्यक्ष राई सहितका नेताहरु एमालेमा प्रवेश
धनकुटा,३ भदौ । जसपा नेपाल धनकुटाका पूर्व जिल्ला अध्यक्ष बलबहादुर राई सहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
धनकुटामा आज नेपाल कम्युनिष्ट पाटी एमालेको तेस्रो पूर्ण बैठक तथा पाटी प्रवेश कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा जसपा नेपाल धनकुटाका पूर्व जिल्ला अध्यक्ष बलबहादुर राई, धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा गोपाल बहादुर भट्टराई, जसपा नेता लिलाराज लावती लगायत नेकपा एमालेका उपाध्यक्ष गुरु बराल लगायत नेताहरुले पाटी प्रवेश गराएका थिए ।


