अव मिसन ८४ मा केन्द्रित हुनुपर्छ : एमाले उपाध्यक्ष बराल
धनकुटा, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले नेकपा एमालेले अव मिसन ८४ लाई केन्द्रित गरेर कार्यक्रमहरु अगाडि ल्याउन बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनकुटा आएका उपाध्यक्ष बरालले उक्त कुरा बताएका हुन् । उनले नेकपा एमाले नेपालको एक शक्तिशाली कम्युनिष्ट पार्टी भएकोले त्यस अनुसार नै पार्टी अगाडि बढ्ने र त्यसका लागि पार्टी नेता,कार्यकर्ता समेत लाग्नु पर्ने बताए ।
पार्टीलाई अगाडि बढाउने क्रममा आरोह -अवरोह आउने भए पनि त्यस लाई छिचोल्दै नेता कार्यकर्ता अगाडि बढ्नु पर्ने उपाध्यक्ष बरालको भनाई थियो । नेकपा एमालेमा सबै नेता कार्यकर्ताले अवसर समेत पाउने भएकोले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई समेत अब एमाले बनाउन लाग्न निर्देशन दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष बरालसँगै स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रिय सदस्य तथा सांसद राजेन्द्र राई लगायतका नेताहरू सहभागी थिए ।



