भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति

काठमाडौं । भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । योसँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए ।

साथै २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।  कुलमानले प्रतियुनिट ५ रुपैया ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन् ।   

भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस बर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन् ।

यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ । सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो । त्यसपछि भारतले पटक-पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।

पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ-तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ ।

यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।