घरघरमै पुगेर उपलब्ध गराउदै आएको निःशुल्क उपचार सेवा प्रभावकारी

सुरुची भण्डारी, बारा । बाराको निजगढ नगरपालिकाले घरघरमै पुगेर सर्वसाधारणलाई उपलब्ध गराउदै आएको निःशुल्क उपचार तथा परामर्श सेवा प्रभावकारी बनेको छ । बिरामीहरुले घरमै उपचार सेवा प्राप्त गर्न थालेपछि स्थानीय सर्वसाधारण लाभान्वित हुदै आएका छन । 

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको चुनावी घोषण पत्र अनुसारनै नगरले गत आर्थिक वर्षबाट शुरु गरेको ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुले सबै वडाका घरघरमै पुगेर प्रतेक महिनाको २४ गतेदेखि बिरामीहरुको उपचार र परामर्श सेवा उपलब्ध गराउन थालेपछि लक्षित समुहका सर्वसाधारण लाभान्वित बनेको नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए । 

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको घरमा पुगेर सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण, प्राथमिक उपचार र सामन्य प्रकारका औषधिसमेत निःशुल्क वितरण गर्ने गरेको उनले जानकारी दिए । निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख घिमिरेले भने,‘स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरुको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ जस्ता रोगको परीक्षण र उपचारसमेत दिदै आएका छौँ ।’

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो भने भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई घरमै सेवा दिनेगरी व्यवस्था मिलाईएको थियो । गत वर्ष निजगढ नगरपालिका ११ रतनपुरकी १०२ वर्षीय वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षीय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । 

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गरिएको र रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच समेत गरिएको बताए । नगर प्रमुख पुरीले भने,‘जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दैआएको बताउदै लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको अवस्थामा निजगढ नगरले नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम संचलन गरिएको हो ।’ 

पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए । 

शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका र गम्भीर रोग लागेर ओछ्यानमा परेका र अपाङ्गता भएका बिरामीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको निजगढ १३ का टंक गोलेले बताए । 

निजगढ नगरपालिका स्वास्थ्य शाखाको अभिलेखमा हरेक महिना नगरभित्रका २ हजार ५ सय जना बिरामीहरुले कार्यक्रम अन्तर्गत उपचार तथा परामर्श सेवा प्राप्त गर्ने गरेको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए । 

यस कार्यक्रम अन्तगत नगरपालिकाले प्रत्येक महिना उनीहरुको स्वास्थ्य उपचार गरिने गरि कार्यक्रम बनाएको हो । गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि समेत नगरपालिकाले सहयोग गदै आएको छ ।

पालिकाभरका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।