कोशी प्रदेशमा बैशाख यता डेङ्गीबाट १ हजार २ जना संक्रमित

धनकुटा,१० भदौ । लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गी बाट कोशी प्रदेशमा गत बैशाख यता एक हजार दुई जना संक्रमित भएका छन् ।

कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका १४ जिल्ला मध्ये सबै भन्दा बढी मोरङ्गमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ ।

त्यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १ भोजपुरमा ६६, संखुवासभामा ३६ ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५ पाँचथरमा ४ र तेह्रथुममा २ जनामा डेङ्गी संक्रमण देखिएको कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अधिकृत भरत भण्डारीले जानकारी दिनु भयो ।

डेङ्गीका कारण झापामा १ जनाको मृत्यू भएको समेत निर्देशनालेले जनाएको छ । कोशी प्रदेशको ताप्लेजुङ्ग र सुलुखुम्बुमा भने अहिले सम्म डेङ्गी संक्रमीत नभेटीएको जनाइएको छ ।

केहि बर्ष अघि सम्म गर्मी मौसममा तराईका क्षेत्रमा देखिने डेङ्गी अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।