धनकुटामा हात्तीपाइले रोग निवारणका लागि टाक्स २ सर्भे गरिने

धनकुटा,१६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय धनकुटाको संयुक्त आयोजनामा धनकुटामा हात्तीपाइले रोग निवारण सम्बन्धि टाक्स २ सर्भे कार्यक्रमको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

धनकुटा जिल्लाका ९७ वटा विद्यालका १ र २ कक्षामा अध्यायन गर्ने १ हजार ३ सय ९२ जना विद्यार्थीमा सर्भे गरिनेछ । सबैपालिकाबाट छनौट भएका ९७ विद्यालयमा उक्त टाक्स २ सर्भे टोली पुगेर नमुना परिक्षण गर्ने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो ।

धनकुटाका विद्यालयमा गरिएको नमुना परिक्षणमा १६ वा १६ भन्दा कम संक्रमित भेटिएमा टाक्स २ पास हुने तर १६ भन्दा बढिमा संक्रमित देखिएमा जिल्लामा पुनः हातिपाईलेको आम औषधी खुवाउनु पर्ने अवस्था आउने उहाँले जानकारी दिनु भयो ।

दिगो विकासको लक्ष्य अनुसार सरकारले सन २०३० सम्म हात्तीपाइले लाइ नेपालबाट निवारण गर्ने लक्ष्य राखेको छ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।