सहिद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो ।

उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य कार्यक्रम सम्पन्न भयो ।

फाउण्डेसनका महासचिवका अनुसार साँस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सँलग्नता,बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताएका छन् । शहीद प्रति सम्मानभाव प्रकट गर्न पनि कार्यक्रम आयोजना गरिएको हो ।

उपत्यकाका १९ विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धामा भाग लिएको कार्यक्रममा चित्रकलामा कक्षा ८ देखि १२ सम्मको प्रतिष्पर्धा गराइएको महासचिव सुर्यदीप प्रसाद श्रेष्ठले बताए । प्रतियोगिताका हर विधामा प्रथम हुनेले नगद रु.१० हजार प्राप्त गर्ने बताइएको उक्त पुरस्कार भने माघ १६ शहीद दिवसको अबसर पारेर प्रदान गरिने पनि आयोजकले जनाएका छन् । पुरस्कृत निबन्ध र कविता जर्नलमा प्रकाशित हुने तथा प्रथम हुने बक्तृत्वकला सोही दिन प्रस्तुत हुने पनि आयोजकले बताए ।

चित्रकला प्रतियोगितामा (कक्षा ८ -१०) प्रथम बृहस्पती स्कूलका नोयो लिम्बु भएका छन् । यसैगरी चाँदबाग स्कुलका इक्सा राई द्धितिय भए भने तेस्रो स्थान कृटिना राई, ज्ञानोदय सेकेण्डरी स्कुलले हात पारिन् । यसैगरी प्रथम स्थान (कक्षा ११- १२) श्री सरस्वती निकेतन माविकी सुषमा श्रेष्ठ,द्धितिय रेजिना बोहोरा,संस्कृत मावि,तथा त्रितियमा विश्व निकेतनका आलोक मनि यादब भएका छन् । यसैगरी निबन्धमा कन्जिरोबा नेशनलकी सम्बृद्धि कार्की, प्रथम,टेन्जिँग ल्होमु बृहस्पति विद्या सदन तथा तृतिय काठमाडौ प्रज्ञा कुञ्जका आरोहन बराल भएका छन् ।

कविता प्रतियोगितामा भने श्री सरस्वती निकेतन माविकी बन्दना बुढाथोकीले प्रथम स्थान हासिल गरिन । यसैगरी कवितामै द्धितिय श्री कान्तिभैरव गुरुकुलका मन्दिप रिमाल र तृतिय ज्ञानोदय माविका प्रसिद्धि काफ्ले भएकी छन् ।

बक्तृत्वकलामा कजिन्रोवाकी नन्दिता आचार्य प्रथम,विश्व निकेतनका प्रज्वल शाह ठकुरी द्धितिय र काठमाडौं प्रज्ञा कुन्जका आईभ निरौलाले तृतिय स्थान हासिल गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका संस्कृति,पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी प्रमुख अतिथि थिए भने संविधान सभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ,पूर्व बागमती प्रदेश मन्त्री शैलेन्द्र बज्राचार्य,शार्दुल जंग गुल्मका गुल्मपति अनिल श्रेष्ठ, नेपाली काँग्रेसका बागमती प्रदेश समिति सचिव राजु श्रेष्ठलगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीहरुलाई प्रमाणपत्र,निर्णायकहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा स्वयंसेवक तथा विएमआई स्वास्थ्य जाँचका लागि पौडेल विमुन्सको समन्वयमा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजीले विएस्सी नर्सिंगका विद्यार्थीहरुलाई परिचालन गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रशान्त श्रेष्ठले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।