बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउको जानकारी गृहमन्त्रीको फेसबुकबाट

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बराह सहकारी अपचलन र ठगीका मुख्य योजनाकार शिवबहादुर विश्वकर्मा लामिछानेलाई पक्राउ गरेको छ।

लामिछाने धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा बराह ग्रुप अफ कम्पनिजका प्रमुख हुन् । लामिछाने पक्राउ परेको जानकारी भने गृहमन्त्री सुधन गुरुङले दिएका छन् । गुरुङले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनको पक्राउबारे जानकारी गराएका हुन् ।

६ वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको भन्दै गुरुङले पूर्वेलीलाई न्याय मिल्ने उल्लेख गरेका छन् ।

‘अभियन्ता हुँदा वा जेनजी आन्दोलनपश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको थियो। अन्तत: पाँच अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु,’ गृहमन्त्रीले भनेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖