तत्कालीन आइजिपी कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई बोलायो

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतले आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिएन । उसले 
सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीलाई आईजीपीबाट हटाएको विषयमा बुधबार सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्दै आईजीपीमा मनोज केसीलाई नियुक्ति गरेको थियो । तर डेढ वर्ष कार्यकाल बाँकी रहेका कार्की पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । उनको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖