हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

सञ्जय मिश्रा, रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगेको छ ।

पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले शनिवार प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि हरु लिएर स्वास्थ्य चौकी राजपुरमा पुगेको हो ।

राजपूर स्वास्थय चौकी पुगेर डाक्टर मुरारी ठाकुर त्यहाँ स्थित डाक्टर स्वास्थ्यकर्मीसंग बिरामीको अवस्था बारेमा  जानकारी लिएका थिए । हैजा प्रभावित क्षेत्रमा स्वास्थ मानिस पनि खाना खानु अघि, दिशा गरेपछि राम्ररी हात धुनुपर्ने, तातो पानीको प्रयोग गर्नु पर्ने, बासी सडेगलेको , खुला राखिएको खानेकुरा नखानु हुन आग्रह गरेका छन्। त्यस्तै पेट बिगार्ने किसिमको गरिस्ट खाना नखानु हुने उनले आग्रह गरेका छन् ।

पछिल्लो केही दिन देखि स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ। राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको नमुना परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले बताएका छन् ।

२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको राजपुरका आलमले बताएका छन्।

४ जना उपचार पछि घर फर्किसकेका उनले जानकारी दिएका छन् प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ । उक्त टेष्ट सत प्रतिसत भरपर्दो नहुँदा नमुनाको कल्चर गराउनका जनकपुरधाम पठाईएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖