धनकुटामा १ सय ४१ कुकुर र २ विरालोको बन्ध्याकरण
धनकुटा,८ असोज । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा भेटेरिनरी अस्पताल धनकुटाका संचालन गरिएको सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा असोज ३ गते देखि ७ गते सम्म संचालन भएको शिविरमा १ सय ४१ कुकुर र २ विरालोको बन्धाकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिनु भयो ।
बजार क्षेत्रमा वेवारिसे अवस्थमा रहेका कुकुर जम्मा गरेर भेटेरेनरी अस्पताल ल्याई बन्ध्याकरण गरीएको छ । शिविरमा विशेषज्ञ टोलीले कुकुरको बन्ध्याकरण गरेका थिए ।
कुकुरलाई रेविज रोग लागेपछि उक्त कुकुरले मान्छे अथवा जिवजन्तुलाई टोकेमा त्यसको असर नराम्रो सँग पर्ने गर्दछ साथै रेविज रोगको लागेपछि उपचार समेत पाउन समस्या भएका कारणले यसको नियन्त्रणका लागि शिविरको आयोजना गरीएको अस्पतालले जनाएको छ ।


