विराटनगर महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ ।

मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभयो । शिशु र मातृ मृत्युदर घटाउन मद्दत पुग्ने दाबी गर्नुभयो । ‘बैजनाथपुर मात्रै होइन यस आसपासका क्षेत्रका नागरिकका लागि अब प्रसूति गराउनकै लागि कोशी अस्पताल र महँगो शुल्क तिरेर निजी अस्पताल र नर्सिङ होम गइरहनुपर्दैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘प्रभावकारी बनाउन दक्ष जनशक्तिका साथै उपकरणहरुसमेत थप्दै जानेछौं ।’

मेयर कोइरालाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा महानगरपालिकाले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । अस्पतालबाट चौवीसै घण्टा सेवा दिने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर कार्की, विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, ९ का अध्यक्ष विश्वनाथ भगत, जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी, स्थानीय समाजसेवी प्रशान्त चौधरी, स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्की, बैजनाथपुर अस्पतालका संयोजक भोला तिम्सिनालगायतले बर्थिङ सेन्टर सुरु भएसँगै शिशु र मातृ मृत्युदरमा कमी आउने विचार व्यक्त गर्नुभएको थियो ।

बैजनाथपुर अस्पतालबाट चौवीसै घण्टा प्रसूतिका साथै एम्बुलेन्स सेवा सञ्चालन भइरहेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖