विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपक सापकोटा, निर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले आफ्नो कार्यकालको ‘ड्रिम प्रोजेक्ट’ अटिजम सेवा केन्द्र पनि भएको बताउनुभयो । सेवा केन्द्र सञ्चालनमा आएकोमा मेयर कोइरालाले खुसी व्यक्त गर्नुभयो । ‘विराटनगरमा अटिजम भएका थुप्रै बालबालिका छन् । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने म मेयर हुँदादेखि नै लागेको थियो,’ कोइरालाले भन्नुभयो, ‘भित्रैदेखि चाहेको कुरा आज पूरा भएको छ । यस कार्यमा संलग्न सबैप्रति आभार व्यक्त गर्दछु ।’

करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘महानगर अटिजम सेवा केन्द्र’का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको कोइरालाले सुनाउनुभयो । महानगरले जग्गाको खोजी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले जानकारी दिनुभयो । यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा ५ बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।

महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ । केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपक सापकोटा, जिल्ला स्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत शेखर यादव, महानगर शिक्षा समितिका सदस्य सन्तोष पोखरेल, अटिज्म केन्द्रकी संयोजक रश्मी निरौला, स्वास्थ्य महाशाखाकी अधिकृत मीना अधिकारीलगायतले अटिज्म भएका बालबालिकाहरूको उपचार, पठनपाठनका साथै रेखदेखमा महानगर र अभिभावकको दायित्व बराबरी भएकोमा जोड दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।